विजयनगरमा एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई सम्पन्न

सेयर गर्नुहोस


असार १२ गते विजयनगर ( कपिलवस्तु )
कपिलवस्तुको विजयनगर गाउँपालिकाको आज एकीकृ घुम्ती शिविर सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजना,ईलाका प्रशासन कार्यालयको समन्वय र विजयनगर गाउँपालिकाको सह–आयोजनामा विजयनगरको १ नं. वडाको नेवलागञ्जमा भएको हो ।

कार्यक्रममा अधिकांश नागरिकहरुले सुकुम्बासी समस्या, सञ्चार टेलिफोन समस्या सडकबाटो पुल पुलेसो,कृषि सिँचाई, सुरक्षाका समस्याहरु लगायतका विषयमा विभिन्न प्रश्नहरु राखेका थिए । यी विभिन्न समस्याहरुको बारेमा कार्यक्रमका प्रमुख समेक्ष राखेका हुन् ।
कपिलवस्तुको सुदुरपश्चिममा पर्ने विजयनगर गाउँपालिकामा कहिले सर्वसुलभ सेवा लगायतका सुविधाहरुको महसुस गर्न पाउने छौँ, भनि चिन्तासमेत व्यक्त गरेका थिए।

एकीकृत शिविरमा स्वास्थ्य शिविर सेवातर्फ १ सय ३ जना सेवाग्राहीले स्वास्थ्य जाँच सेवा लिएका थिए । त्यस्तै नागरिकता शिविरबाट ५७ जना नागरिकले नागरिकता लिएका छन् भने १ सय ३२ जनाले फोटोसहितको मतदाता नामावाली लिएका छन् । स्वास्थ्य जाँचको साथै विभिन्न किसिमका औषधीहरु पनि वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख अतिथ्यता,प्रहरी उपरीक्षक दीप शम्शेर राणा, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख जयन्द्र प्रसाद उपाध्याय, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल,विजयनगरका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय निरीक्षक नवीन पौडेल,गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अतिथ्यता र नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीको सञ्चालनमा सम्पन्न भएको प्रमुख ईलाका प्रशासन कार्यालयका विजयराज पौडेलले जानकारी दिनुभएको छ ।

Facebook Comments Box