७ बैशाख २०८१, शुक्रबार

दुर्घटनामा परी गम्भीर घाईते भएका चौधरी र कोरीलाई उपचार खर्चमा समस्या

सवारी धनीले वेवास्ता गरेकाले पिडित परिवार  उपचार खर्च संकलन गर्दै

कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिका ८ बहादुरगंजमा मंसिर ६ गते भएको ट्रयाक्टर र माेटरसाइकल दुर्घटनाका घाईतेहरुलाई सवारी धनीले वेवारिसे अवस्थामा छोडेको छ।

पूर्व पश्चिम राजमार्ग जोडिने कृष्णनगर चन्द्राैटा सडकको बहादुरगंज प्रहरी चेक प्वाइन्ट नजिकै विपरीत दिशाबाट आउदै गरेकाे लु .४ त.३२६ नम्बरकाे ट्रयाक्टरले लु.३९ प ६४३९ नम्बरकाे माेटरसाइकल सवार शिवराज नगरपालिका ७ जुमिलिका सन्ताेष चाैधरी र शिवराज नगरपालिका वडा नम्बर ८ बस्ने जगदीश कोरी समेत गम्भीर रूपमा घाइते भएका हुन्। दुवै जनाको प्राथमिक उपचार बहादुरगंज स्थित शिवराज अस्पतालमा गरिएको थियो ‌। थप उपचारको बुटवल लिएर गएका थिए। घाईते सन्तोष चौधरीको दाजु आलोक चौधरी अनुसार वुटवल ल्याउँदा स्वास्थ्य अवस्थामा बिग्रिँदा उच्च किसिमको उपचारको लागि दुवै घाइतेलाई जहाजबाट ललितपुर भैसेपाटी स्थित नेपाल मेडि सिटी अस्पतालमा उपचार भइ रहेको छ तर हालसम्म सवारी धनी सम्पर्कमा नआउँदा भाई सन्तोष चौधरी र जगदीश कोरी उपचारमा पैसा कमिले बाधा भइरहेको छ।
घाईतेहरु मध्ये सन्तोष कुमार चौधरीको टाउको , घाँटी, अनुहार र खुट्टामा गम्भीर चोट पट्क लागेकोले हाल सम्म लगभग १३ लाख रुपैया खर्च भैइ सकेको छ र अझै पनि सम्पुर्ण रुपमा ठीक हुन लगभग ३० देखि ४० लाख रुपैया खर्च लाग्ने देखिन्छ । त्यस्तै मोटरसाइकलमा सवार जगदीश कोरीको खुट्टामा२ ठाउँ फ्रेक्चर भएको छ। कोरी आफ्नो घरको आफै जिम्मेवार व्यक्ति भई दैनिक जीविकोपार्जन गर्न कामदार गरी आएका थिए।तिनि समेतको हेरचाह सन्तोष चौधरीको दाजु आलोक चौधरीले गर्दै आएका छन्। दुई-दुई जना उपचार खर्च एक्लै व्यवस्थापन गर्न निकै कठिनाइ भएको छ तर सवारी धनीले कुनै किसिमको चासो देखाएको छैन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट