१४ बैशाख २०८१, शुक्रबार

वडा न. ८र ९संयुक्त रुपमा खुला दिसामुक्त क्षेत्र घोषणा


कमलेश चन्द्र गुप्ता
बहादुरगंज /आसार १२ ।
कपिलवस्तु को कृष्णनगर नगर पालिका वडा न ८र ९संयुक्त रुपमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ।
कृष्णनगर नगरपालिकाका १२ वटा वडामध्ये ८ र९ नम्बर वड़ा साविक काे बहादुरगंज गबिसलाई संयुक्त रुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ।
संयुक्त अध्यक्ष नूर मोहम्मद मुसलमान र राम मिलन चौधरीको अध्यक्षता र नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यता उपप्रमुख सबनम खातून विशिष्ट आतिथिमा खुला दिसा मुक्त घोषणा गरिएको हो। दुवै वडाका कुल १६७९ घरधुरी मध्ये वडा ८मा ८९६ र वडा ९मा ७८३ घरधुरिमा चर्पी प्रयाेग गर्ने संख्या निधारण गरि दुवै वडालाई खुला दिशा मुक्त घाेषणा गरिएकाे सुअहराकी जिल्ला संयाेजक कमला सापकाेटाले बताएकी छिन । कार्यक्रममा बाेल्दै नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकालाई अगामी दिनमा सरसफाइ वा खुला दिसा मुक्त अभियान लाई सहयोग गर्दै अरु वडा लाई पनि निकै तिब्रताका साथ घोषणा गर्ने र सार्बजनिक सौचालय निर्माण गर्ने प्रमुख अतिथी शाहले प्रतिबद्धता समेत गरेका हुन।
उक्त घोषणा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राज प्रसाद त्रिपाठी, सुआहारा जिल्ला संयोजक लबहरि बुढाथोकी,राम चन्दर चौधरी, कमला सापकोटा, मन्टु कोरी, विभिन्न वडाका अध्यक्ष, ज्यूहरु तथा संचारकर्मीको उपस्तिथि रहेको थियो। कार्यक्रमलाई संचारकर्मी सनीउल्ला धोबी संचालकमा सुरु भएको थियो भने कुरा सुआहारा का फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी गराउनु भएको छ ।
अहिले सम्म कृष्णनगर नगरपालिकाका कुल ६ वटा वडा खुला दिशा मुक्त घाेषणा भईसकेकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट