१३ बैशाख २०८१, बिहीबार

समुदायलाई हाेच्याउने भिडियाेप्रति मधेशी आयोगकाे ध्यानाकर्षण , गृहलाई पत्र पठायाे

काठमाडौं , मंशिर १५ । सुकुम्बासी बस्ती खाली गराउन लागि परेका काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन शाह लगायत सिंगाे मधेशी समुदायकाे अपमान हुने भिडियाे समाजिक संजालमा भाइरल भएपछि मधेशी आयाेगले एक्शन शुरु गरेकाे छ।
सुकुम्बासी समस्यालाई लिएर केही शीर्ष नेताहरुले टिकाटिप्पणी गरिरहेकै बेला विगत केही दिन देखी सामाजिक संजालमा भाइरल मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियो भाइरल भइरहेको छ ।मधेशी समुदायका अगुवाहरुले मधेशी आयोगमा सो भिडियाेप्रति विराेध जनाउदै कार्यवाहीका लागि उजुरी दिएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा उजुरीलाई दर्ता गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको बताइएको छ |उनले गृह मन्त्रालयलाई समेत कार्यवाहीका लागि पत्राचार गरिएकाे बताउनुभएको छ ।

काठमाण्डौ महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरुले मेयर बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले गृह मन्त्रालय र नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताएका छन् | अध्यक्ष डा.दत्तले समाजमा चेतनाको स्तर अझै पनि नबढेकोले गर्दा मधेशी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराहरुको सामना गर्नु परिरहेको बताएका छन् |
अध्यक्ष डा.दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरुले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरु प्रति आफु सचेत रहेको बताउनुभयाे । उजुरी प्राप्त हुनसाथ आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताउनुभयाे | अध्यक्ष डा.दत्तले समुदाय प्रति प्रहार नगर्न र संयमित भई आ-आफ्नाे भनाई राख्न सबैलाई अनुरोध समेत गर्नुभएकाे छ|

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट