कृष्णनगर नपा नीति तथा कार्यक्रम पेश

बहुअायमिक याेजनालाई प्रमुखताका साथ समावेश गरिएकाे : नगरप्रमुख शाह

कृष्णनगर , असार १२ । कृष्णनगर नगरकार्यपालिकाले अा.ब.०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।
नवनिर्माणाधिन नगरपालिका भवनमा कृष्णनगर नगरकार्यापालिकाकाे भेलाले अार्थिक बर्ष ०७६/०७७ का लागि शिक्षा ,स्वास्थ्य ,सरसफाई , यातायात तथा बिकास निर्माणका लागि बजेट विनियाेजन गर्ने लक्ष्य राखेपनि सामाजिक बिकास कार्यक्रम मध्ये महिला, बालबालिका र विपन्न लक्षित याेजनाहरुलाई प्राथमिकतामा राखिएकाे नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभयाे । नगरभित्रका सेवा सुधारका लागि कर्मचारी व्यवस्थापन र सुचनाप्रविधि मैत्री नगर बनाउने लक्ष्य रहेकाे नगरप्रमुख शाहले बताउनुभयाे ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर सबनम खातुनले नगर न्यायिक समिति लाई थप सुदृढ गरि समाजिक न्यायलाई प्रबल बनाउदै लग्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । अा.ब ०७६/०७७ तर्फ नगरकार्यपालिकाले बहुमुखी क्याम्पस , नगर यातायात सेवा लगायत फ्रि वाईफाई जाेन संचालन गरिने कार्यक्रम राखेकाे छ ,साथै बिकास निर्माण तर्फ रिंग राेड , ल्याण्ड फिल साइट निर्माण तथा स्मार्ट भिलेज बनाउन एक गाउँ गाेद लिने जस्ता बहुअायमिक याेजनाहरु समावेश भएकाे याेजना अधिकृत प्रदीप चाैधरीले जानकारी गराएका छन ।