२६ भाद्र २०८१, बुधबार

कृष्णनगर बजार संवर्धनमा युवा नेतृत्व नै अावश्यक : नेता गुप्ता

कृष्णनगर , अासार ७ । व्यापारी वर्गलाई समृद्ध र सुसज्जित बनाई कृष्णनगर बजारलाई पर्यटकिय हिसाबले बिकास गर्न युवा नेतृत्व अावश्यक रहेकाे नेता पंकज गुप्ताले बताएका छन।
हिजाे घरदैलाेका क्रममा स्थानिय व्यापारीहरुलाई सम्बाेधन गर्दै नेपाल भारत मैत्री संघ कृष्णनगरका सचिव पंकज गुप्ताले कृष्णनगरकाे खस्किदाे बजारकाे मुख्य कारण वाणिज्य संघकाे नेतृत्व असक्षमता नै भएकाे बताएका छन । नेपाल भारतकाे बीचमा राेटीबेटी सम्बन्ध रहे तापनि दुई देश बीचकाे व्यापारिक सम्बन्ध मजबुत बनाउन विगतका नेतृत्वकर्ताहरु फेल भएका छन र अबकाे नेतृत्व युवा व्यवासायीले लिनुपर्नेमा गुप्ताले जाेड दिएका थिए । कृष्णनगर केन्द्रित व्यावसायीहरुलाई सुरक्षा चेकजाँचका नाममा अनावश्यक रुपले प्रताडित गर्ने , नेपाल बार्डरबाटै मालसमान खाेसिने जस्ता समास्याले कृष्णनगर बजार खस्किदै गएकाेले युवा नेतृत्व अगाडि बढ्नुकाे विकल्प नरहेकाे बताए । विगत बीस बर्षदेखि प्रशान्त छापाखाना चलाउदै अाएका नेता पंकज गुप्ता अाफु वैश्य समाजकाे भएतापनि कृष्णनगरमा व्यापार गर्ने सबै व्यावसायीका हितका लागि लड्दै अाएकाे जानकारी गराएका छन ।
उद्योग वाणिज्य संघ कृष्णनगरकाे १० अाैं अधिबेशनकाे अासार १८ गते हुने भएकाले व्यापारीहरुमा उत्साह बढदै गएकाे व्यवसायी प्रहलाद माैर्यकाे भनाई छ । कृष्णनगर बजारमा अहिले स्थानिय निकाय निर्वाचन जस्तै माहाेल श्रृजना भएकाे स्थानिय व्यावसायीहरु बताउछन ।

धेरै कमेन्ट गरिएका