रंजित चौरसिया
बीरगंज ६ असार
राजधानीमा ५० दिन देखी अस्थाई शिक्षकहरु आन्दोलन गर्दै आएका छन।मांग पुरा गराउन ५० दिन देखी शान्तिवाटिकामा नीतू सिन्हा बीरगंज र राधा रावतले आमरण अनसन बसेका छन।शिक्षकहरुको जायज मांग पुरा गर्न नेपाल सरकार संग हिन्दू परिषद नेपाल जोड़दार मांग गर्दछ।परिषदका राष्ट्रीय अध्यक्ष संतोष पटेलले संचारकर्मीहरु संग कुराकानी गर्दै आफ्ना नागरिकको जीवन रक्षा गर्न सरकार यती उदासीन किन भएको होला मलाई त अचम लाग्छ।हिजो सम्म ति शिक्षक योग्य र आज आफ्ना हकहितको कुरा गर्दा अयोग्य हुने कुरा सुन्दा आफु आश्चर्य चकित भएको बताए। के अब शिक्षकहरु मांग पुरा गराउनको लागी सहीद नै हुनु पर्ने हो त ? आफ्नै नागरिक प्रत्रि सरकार यती पूर्वाग्रही भए पछि कसरी पूरा होला त समृद्ध नेपाल सुखी नेपालीकोको नारा के शिक्षक लाई बेरोजगार बनाएर देश बिकास हुदैन।अस्थाई शिक्षक हरुको जायज मांग अबिलम्ब पूरा गर्ने परिषद नेपाल सरकार संग जोड़दार मांग गर्दछ।१० हजार भन्दा बड़ी रहेको अस्थाई शिक्षकहरुको आन्दोलन प्रत्रि गम्भीर हुन र आफ्नो नागरिकको जीनव रक्षाको लागी समय मै सजक हुन नेपाल सरकार लाई अनुरोध गर्दछ।साथै प्रदेश सरकार लाई समेत रचनात्मक भूमिका निर्वाह गर्न आग्रह समेत परिषदले गर्दछ।शिक्षक हकहितका लागी देशमा क्रियाशील संगठन हरु समय मै सजक र सचेत भई आन्दोलनमा आफ्नो रचनात्मक भूमिका निर्वाह बेला आएको परिषदको ठहर रहेको छ।
3