१२ बैशाख २०८१, बुधबार

निर्वाचन कार्यालयले षडयन्त्र गरि १२८ मतपत्र गायब गरायाे : रविदत्त मिश्र

कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र न ३(१)का उम्मेदवार रविदत्त मिश्रले १ सय २८ मत हराएको आरोप लगाएका छन् ।
प्रदेश सभा ३ (१) बाट चुनाव लडेका उम्मेदवार रविदत्त मिश्रले प्रत्यक्ष तर्फकाे १६४ मतमध्ये १२८ मतपत्र निर्वाचन कार्यालयले गाउब गरि म लाई हराएकाे आराेप लगाउनुभएकाे छ ।
मिश्रले मंशीर ४ गते निर्वाचन सिद्धिएपछि मतपेटिका बुझ्दाकाे मतपत्र संख्या , गणना गर्दाकाे मतपत्र संख्या र मैले पाएकाे मतमा निर्वाचन कार्यालयले फेरबदल गरेकाेले लाेकतन्त्रिक प्रक्रियालाई बदनाम गर्ने षड्यन्त्र भएकाे बताउनुभयाे । उनले मतदानपछि रुजु गरेकाे विवरण र मतगणना भएको विवरणमा फरक परेको १ सय २८ मत हराउनु भने गैरजिम्मेवार हुनु रहेको बताएका छन् ।
निर्वाचनमा हार जित हुनु स्वभाविक रहेको बताउँदै जनताले दिएको मत गायव गरेर निर्वाचन जित्नु भनेको जनताको अपमान रहेको जिकिर गरे । निर्वाचन अधिकृतले १६४ मत हराएको स्वीकार गरेको बताउँदै हराएको मत उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

मिश्रले हराएकाे मतपत्रमा अधिकांश मेराे भाेट रहेकाेले षड्यन्त्रपुर्ण खेल गरेका मतगणना कर्मचारी र निर्वाचन अधिकृत विरुद्ध अदालत जाने जानकारी दिनुभयाे ।
षणयन्त्र गरेर निर्वाचनमा ५ मतले हराएको आरोप लगाउँदै राज्यले आफुलाई न्याय दिनुपर्ने माग गरेका छन् । मिश्रले पुनः मतगणना हुनुपर्ने भन्दै आफु न्यायालयमा जाने उदघोष गरेका छन् । लोकतान्त्रीक समाजवादी पार्टीका उम्मेदार मिश्रलाई ५ भोटले नेकपा एमालेका उम्मेदवार अर्जुन केसीले पराजित गरेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट