२३ मंसिर २०७९, शुक्रबार

सिन्धुली-१ मा कांग्रेसका घिमिरे विजयी

सिन्धुली – सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी हुनुभएको छ। उहाँ आफ्नो निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप कटुवाललाई पछि पार्दै विजयी हुनु भएको हो ।

कांग्रेसका घिमिरेले ३० हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको छ भने एमालेका कटुवालले २५ हजार ५ सय ४६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, राप्रपाका शालीग्राम माझीले ९ सय ४०, राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २ हजार ६ सय ९२ मत प्राप्त गर्नु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट