२२ मंसिर २०७९, बिहीबार

धनुषा २ (ख) मा जसपाका रामअशिष यादव निर्वाचित

धनुषा – धनुषा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट जनता समाजवादी पार्टी जसपाका रामअशिष यादव निर्वाचित हुनुभएकाे छ। यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित हुनुभएकाे हाे।

उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामकुमार यादवले ९ हजार ५ सय ६६ मत पाउनु भएकाे छ भने एमालेका सञ्जीव कुमार सुरजले ९ हजार २ सय ४ मत प्राप्त गर्नु भएकाे छ।

विजयी भएका यादव नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष हुनुका साथै यसअघि पनि प्रदेश सांसद हुनुभएकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट