२२ मंसिर २०७९, बिहीबार

अछाम-२ (१) मा माओवादीका अक्कल रावल विजयी

अछाम – अछाम क्षेत्र नं २ को प्रदेश सभा (१) (क) मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अक्कल बहादुर रावल विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार भीम बहादुर विष्टलाई २ हजार ७ सय ७९ मतले पछि पार्दै रावल सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार निर्वाचित रावलले ११ हजार २३१ मत ल्याउँदा र विष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहनुभएका युवा नेता रावल २०७४ को चुनावमा पनि बाम गठबन्धनबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भइ नेकपा माओवादी केन्द्रको प्रमुख सचेतक बनेर काम गरिसक्नुभएको छ ।

रावलको जितसँगै सुदूरपश्चिम प्रदेशमा माओवादीका ७ जना उम्मेदवार विजयी भएका छन् । दार्चुलाबाट मानबहादुर धामी, डोटीबाट शिव सिंह वली, कञ्चनपुरबाट ओम विक्रम भाट, बझाङबाट भीम भण्डारी, अछामबाट झपट साउद, डडेल्धुराबाट खगराज भट्ट र अछामबाट अक्कल बहादुर रावल हुनुहुन्छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट