हेटौंडा : मकवानपुरमा मतगणनाका लागि सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ।
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो। ‘सर्वदलीय बैठकबाट भएको सहमति अनुसार मतगणना प्रक्रिया अगाडि बढाउने छौँ’,मुख्य निर्वाचन अधिकृत ऋिषिराम निरौलाले भने।
आइतबार सम्पन्न मतदानपछि जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए। एकैपटक आठ स्थानमा मतगणना गर्ने तयारी रहेको उनले बताए। मकवानपुरमा ५९ प्रतिशत मत खसेको थियो।
3