बक्रईदको दिन त्रि. वी.को परीक्षा सार्नको लागि मुस्लिम आयोगलाई ज्ञापन पत्र ।
असार-१ , काठमांडौ
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको दोस्रो वर्षको परीक्षा इस्लाम धर्मावलम्बीहरूको महानपर्व ईदुल अजहाको दिन राखेको प्रति असन्तुष्टि जनाउदै ‛ कन्फिडेन्स नेपाल’ ले आज मुस्लिम आयोगको अध्यक्ष शमीम मिया अंसारीको ध्यानाकर्षण गराएको छ । यही आउदो साउन महिनाको २६,२७ र २८ गते इस्लाम धर्मावलम्बीहरूको ३ दिन सम्म धूमधाम सहित मनाईने (ईदुल अजहा) बक्रईद छ । सोही दिनमा नै स्नातक तह अन्तर्गत मानविकी , व्यवस्थापन र विज्ञान संकायको दोस्रो वर्षको बक्रईद को दिन परेको परीक्षा सारेर हर्षोल्लासका साथ मनाउने वातावरणको सृजना गरि दिन मुस्लिम आयोग मार्फत त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा मुस्लिम आयोगलाई सम्बोधन गर्दै । “ सांस्कृतिक र भौगोलिक रुपमा विविधता रहेको धर्मनिष्पेक्ष राष्ट्र नेपालको संवैधानिक अंगको रुपमा रहेको मुस्लिम आयोग समग्र मुस्लिम जनसमुदायको धार्मिक सांस्कृतिक पहिचानको संरक्षण सम्वर्धन गर्ने निकाय हो ।तसर्थ ईदुल अजहा बक्रईद को दिन परेको त्रिभुवन विश्वविद्यालयको स्नातक तहको दोस्रो वर्षको परीक्षा सार्न सम्बन्धित निकाय सङ्ग पहल गरि दिनु हुन ” लेखिएको छ।
मुस्लिम आयोगका अध्यक्ष शमीम मिया अन्सारीले ज्ञापन पत्र बुझ्दै सम्बन्धित आफु तत्काल नै यस बारे पहल गरि त्रिभुवन विश्वविद्यालयलाई परीक्षा सार्न लगाउने गराउन आश्वासन दिनु भएको छ ।
कन्फिडेन्स नेपालको संयोजक रहेका शमशाद आदिलको विद्यार्थी संस्था द्वारा बुझाईएको ज्ञापन पत्रमा Bachelor’s in Science 2nd year, B. Ed. 2nd yr , B.A. 2nd year को परीक्षा साउन २६,२७,२८ गते संचालन हुने परीक्षा सारेर अर्को दिन राख्न भनिएको छ ।
आयोगलाई ज्ञापन पत्र बुझाउनुको साथै संघीय सांसदका सदस्यहरूलाई पनि ध्यानाकर्षित गराउने कार्य जारी रहेको कन्फिडेन्स नेपालका सदस्य इंजीनियर सरवर आलम अन्सारीले जानकारी दिए ।
कन्फिडेन्स नेपाल समाजिक न्याय, भेदभाव विरुद्ध र शैक्षिक क्षेत्रमा कार्य गर्ने संस्था हो।
3