गुठी विधेयक सनातन धर्म माथि प्रहार-अध्यक्ष संतोष पटेल

सेयर गर्नुहोस

रंजित चौरसिया
बीरगंज ३२ जेष्ठ

हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्सा द्वारा घण्टाघरमा जनजागरण कार्यक्रम सम्पन गरेको छ।सभा लाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताएका छन् । पटेलले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताए ।पैसाको लोभमा विदेशी धर्म भित्र्यान पूर्वक बाँच्नका लागि हिन्दू राष्ट्रको विकल्प नरहेको दाबी गरे । पटेलले देशमा सनातन धर्मलाई मास्ने काम शुरु भएको भन्दै यसलाई खबरदारी गर्नका लागि जनजागरण गरेको बताए ।

संसदमा पेश भएको गुठी सम्बन्धी विधेयक फिर्ता लिन सरकार संग अध्यक्ष संतोष पटेलले माग गरेका छन् ।पटेलले सनातन धर्म सँस्कृति मौलिक पहिचार र सम्पदाको संरक्षणमा र आपसी परोपकार कायम गर्न गुठीले जिम्मेवार रहेको र ऐतिहासिक धार्मिक महत्वको धरोहरको संवद्र्धनमा गुठीको महत्वपुर्ण स्थान रहेको भन्दै सरकारले ल्याउन लागेको गुठी सम्बन्धी विधेयकले संस्कृतिक तथा मुल्य मान्यता माथि प्रहार गर्ने भन्दै सो विधेयक फिर्ता लिन माग गर्नुभएकाे हाे ।पटेलले भन्नुभयाे, हाम्रो मौलिक परम्परा, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सम्पदाको हित , सम्बर्द्धनका निम्ति निरन्तर चलिआएको गुठी लाई व्यवस्थित गर्ने भनी ल्याईएको विधेयक हाम्रो धर्म संस्कृति र सनातन धर्म माथि प्रहार गर्ने उद्देश्यले ल्याएको हुदाँ यस्तो विधेयक तत्काल फिर्ता हुनुपर्छ ।

शासन व्यवस्था जे होस नेपाल हिन्दू रास्ट्र हुनु पर्छ भन्ने मूल्य मान्यताको साथ धार्मिक एंवम सामाजिक कार्य गर्दै आएको छ।परिषदले मुख्य रूपमा सनातन हिन्दूधर्मको संरक्षण र सम्बर्धन गर्ने,मठ मन्दिर सरसफाई, संगठित हिन्दू समृद्ध नेपाल अभियान,जातीय छुवाछुत एवं बिभेद मुक्त समाज निर्माण अभियान,५ वर्षमा २५ लाख नेपाली लाई जोड़ने महाअभियान,धर्म परिवर्तन विरुद्ध महाअभियान,गौ माताको संरक्षण र सम्बर्दन अभियान, समान उदेश्य बोकेको संगठन संग समन्वय र सहकार्य गरी कार्य गर्दै आएको अध्यक्ष पटेलले बताए।

कार्यक्रम हिन्दू परिषद नेपाल पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा सम्पन कार्यक्रममा परिषदका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्य सुरेश साह कानू,लालबाबु प्रसाद कुर्मी,चितरंजन श्रीवास्तव,सुकदेव साह कानू, सल्लहकार बिनोद मित्तल,हिन्दू युवा परिषदका केन्द्रिय अध्यक्ष सचितानंद दुबे,उपाध्यक्ष सुनील साह,महासचिव प्रमोद सिंह,सचिव धीरज गुप्ता,संदीप साह कानू, केन्द्रिय सदस्य सुरेश साह तेली,श्यामबाबू गुप्ता,आनंद गुप्ता, मनीष वर्णवाल,सल्लहकार जोगिन्द्र कलवार,हिन्दू परिषद नेपाल पर्सा जिल्ला उपाध्यक्ष राधेश्याम सरार्फ,कोषाध्यक्ष एंवम कार्यक्रम संयोजक पपु सिंह,महिला परिषद पर्सा जिल्ला उपाध्यक्ष नीरा झा,युवा परिषद पर्सा जिल्ला सचिव रंजीत चौरसिया लगायतकाले शुभकामना दिएका थिए।हिन्दू परिषद नेपाल पर्सा जिल्ला उपाध्यक्ष बिरेन्द्र गुप्ताले स्वागत मंतब्य र सचिव सुधीर मिश्राले सहजीकरन गरेका थिए।

Facebook Comments Box