शैक्षिक सुधारका लागी सिकाई उपलब्धी विश्लेषण कार्यक्रम

सेयर गर्नुहोस


देवानन्द ठाकुर, कपिलबस्तु
ज्येष्ठ ३०। कपिलबस्तु को शिवराज नगरपालिका को शिक्षा,युवा तथा खेलकुद शाखा ले विद्यालय शिक्षामा सुधार कसरी गर्ने उद्देश्य मा आयोजना भएको हो। यस कार्यक्रम मा नगरपालिका भित्र का पर्ने विभिन्न विद्यालय मध्ये ५ लाई लक्षित गरी आधारभुत तह मा शिक्षा पद्धति लाई कसरी सुधार गर्ने? के -कस्ता रणनिति बनाउने ? र हाल २०७५ को शैक्षिक उपलब्धि कस को के कति छ ? सो को विश्लेषण शिक्षा,युवा तथा खेलकुद शाखा का प्रमुख उप-सचिव लोक राज पन्थी को सयोजकत्व मा ,नगर प्रमुख नेत्र राज अधिकारी को प्रमुख अतिथित्य र उप-प्रमुख शिव कु़मारी चौधरी को बि.अतिथित्व लगायात ति सम्बन्धित विद्याल़य का प्रमुख बिषय अंग्रेजी,नेपाली,बिग्यान ,गणित का शिक्षकहरु र प्रत्येक विद्यालय का प्र.अ. र बि.व्य.समिति को अध्यक्षहरु को उपस्थिति मा भएको हाे।
बितेको शैक्षिक सत्र०७५ मा शैक्षिक उपलब्धी जसको जति भए नि अगामी दिन मा आउने आधारभुत को परीक्षाफल यो बर्ष भन्दा निकै उत्कृष्ट ल्याउन का लागि आजै देखी विभिन्न शैक्षिक कार्यनिति बनाई अगाडी बढनु पर्ने भनि शिक्षा शाखा का प्रमुख पन्थी ज्यु ले निर्देश गर्नु भएकाे छ।
अगामी बर्ष मा उत्कृष्ट नतीजा ल्याउने बिद्यालय र शिक्षकहरु लाई पुरुस्कृक गर्ने र हामी सम्पुर्ण ले आ-आफ्नो ठाऊ अथवा कर्तव्य पालन गरी वुटवल को शिक्षा संग प्रतिस्पर्धात्क रुप मा हुनु पर्ने नगर प्रमुख अधिकारी ले आफ्नो भनाई राख्नु भएका हुन। अन्य विद्यालय को तुलनामा जनचेतना सामुदायिक मा.वि.लक्ष्मणपुर को आधारभुत तह को नतीजा उत्कृष्ट भएको हुदा वक्तव्य को क्रम मा नगर प्रमुख अधिकारी ज्यु ले जनचेतना सा.मा.बि.का प्र.अ.अर्जुन प्रसाद खनाल लाई धन्यबाद दिदै शिक्षा मा नगरपालिका बाट प्रत्येक पक्ष मा सहयोग गर्ने प्रतिबध्यता दिनु भएका हुन। उहॉ ले मा आफै शिक्षक पेशा अगाली हाल मेयर हुन आएको मा कसै लाई मलाई मास्टर साहब भन्दा बहुत खुशी लाग्छ। उहॉ ले शिक्षक पेशा लाई एक मर्यादित पेशा भएको ले मर्यादा मा रहना अग्रह गर्नु भएका थिए।

Facebook Comments Box