१३ बैशाख २०८१, बिहीबार

वीरेन्द्र कनौडियाको निरन्तर कांग्रेसी राजनीति

कपिलवस्तु ।
जिल्लाकाे पश्चिमी राजनितीमा कांग्रेसकाे पुराना नेता मध्ये विरेन्द्र कानाेडिया पनि एक हुन । दल बदल्ने राजनीतिकाे हवा चलेपनि कानाेडिया यथावत रहे ।
कपिलवस्तु जिल्लाले संघीयताको पुर्ण रुपमा लाभ लिने गरी आँफुले काम गर्न चाहेकाले चुनावमा विजयी गराउन नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले अपील गरिरहेका छन् ।

‘शक्तिको निक्षेपीकरण,पहिचान र सहभागिता सहित समतामूलक विकासका लागी संघीयता’ विषयलाई कार्यान्वयन गर्न यो पटक कपिलवस्तुमा सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई वीजयी गराउनु पर्ने आवश्यकता रहेको क्षेत्र नं.३(२)का उम्मेद्वार वीरेन्द्र कुमार कनौडियाको भनाई छ ।

कृष्णनगरमा बुधबार घर दैलो तथा भेटघाट कार्यक्रममा रहेका उम्मेद्वार कनौडियाले नेपाली कांग्रेसको सकंल्प पत्रमा उल्लेखित यी विषयलाई जनता माझ लिएर आँफुले मत मगिरहेको बताएका छन् ।

आप्mनो क्षेत्रका मतदाता माझ मत माग्न पुगीरहेका कनोडियाले तीन तहको अन्तर सम्बन्ध सहकारिता,सह अस्तित्व र समन्वयको सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्न कांग्रेस नेतृत्वको गठबन्धलाई मत दिन अपील गरिरहेका छन् ।

यहाँको उब्जाउ जमिनमा सिंचाईको उचित ब्यवस्थापन गर्दै कृषी क्षेत्रको आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसतर्फ काम गर्ने उम्मेद्वार कनौडियाको लक्ष्य रहेको छ ।

बजार तथा गाउँ वस्तिमा स्वच्छ खाने पानी र स्वास्थ्य संस्थाहरुलाई समयानुकुल ब्यवस्थि तगर्ने तर्फ आप्mनो ध्यान रहेको क्षेत्र नं.३(२)का प्रदेश सभाका उम्मेद्वार कनौडिया बताउँछन् । युवाहरुलाई स्वरोजगारमुखी शिक्षा र तालिम उपलब्ध गराउन आँफु प्रदेश स्तरमा समन्वय गर्न लागी परेको उनको भनाई छ ।
शहर र गाउँबीच समान ब्यवहार गर्दै पूवार्धार विकास गर्न आँफुले सक्दो प्रयास गर्ने बताउादै कनौडियाले सार्वजनिक तथा निजी साझेदारीमा पुर्वाधार विकासका लागी पहलकदमी लिने मतदाताहरु समक्ष बताईरहेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट