८ आश्विन २०८०, सोमबार

मोतीनगरमा भीषण आगलगी ४ घर जलेर नस्ट


कमलेश चन्द्र गुप्ता
कृष्णनगर, जेष्ठ १७
कपिलबस्तुको कृष्णनगर नगरपालिका वार्ड नं ११मोतीनगरमा भिषण आगलागी भएको छ । शुक्रवार बिहान १०बजे स्थानिय कालीदिन यादवको घर बाट सकेको आगोेले ४ वटा घर जलेर नस्ट भएका छन । बिहान खाना बनाउने क्रममा लागेको आगोले कालीदिन यादव, गोबिन्द पासी,नन्नू पासी र राजेन्द्र पासीको घर जलेर नस्ट भएको छ भने आगोमा चामल ,दाल, लत्ताकपडा समेत जलेर नस्ट भएको पडित गोबिन्द पासीले बताउनु भयो। आगलगी पछि घरमा केहि पनि खाना, पहेरनको लागि बच्चेको छैन पीड़ित राजेन्द्र पासीले बताउनु भयो।
आगलागीमा करिव ५ लाखको क्षति भएको स्थानीयको अनुमान छ। कृष्णनगरको दमकल आउनु पहिले आगोलाई स्थानियले स्थानीय स्रोत साधनबाट आगो नियन्त्रणमा लिएको स्थानिय निवासी दिवाकर जैसवालले जानकारी दिनु भयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट