१३ बैशाख २०८१, बिहीबार

बालबालिका र महिला बीच एक दिने अन्तरक्रिया सम्पन्न


कमलेश चन्द्र गुप्ता
कृष्णनगर, जेष्ठ ८ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर नगरपालीका वडा नं. १ शिवानगर स्थित रहेको देवी विधापिट आधारभूत तह शिवानगरको प्राङगणमा कार्यक्रम आयोजना भएको थियो। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिका को सयुक्त आयोजनामा कर्यक्रम सम्पन्न भएको छ। बाल विकास संग प्रहरी बिधालय तथा समुदायमा प्रहरी बालबालिका, महिला बीच १ दिने अन्तरक्रिया कार्यक्रम को गरीएको थियो। उक्त कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले महिला र बालबालिकाको सुरक्षा, बिकास र प्रबर्धन प्रति आफ्नो भनाई राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै इलका प्रहरी कार्यालयका कृष्णनगरका प्रमुख प्रहरी निरक्षक सुर्य बहादुर बोगटीले समाजमा हुने महिला तथा बालबालिका सम्बन्धी हिंसा, प्रचलित कानुनमा भएका ब्यबस्था, सडक बालबलिकाको अवस्था,वालबालिकाको सुरक्षा, बिकास र प्रबर्धन साथै समाजमा आफु कसरी सुरक्षित हुने र समाजमा हुने विभिन्न खालका हिंसावाट कसरी बच्ने र सरोकारवाला निकाय सम्म कसरी पुग्ने भन्ने सम्बन्धमा जनचेतनामुलक भनाईहरु राख्नु भएको थियो।सो कर्यक्रममा जनप्रतिनिधि, शिक्षक, शिक्षका, प्रहरी,समजसेबी, महिला,बालबालिका, प्रहरी ,संचारकर्मी लगायत अन्य सरोकरवालाको उपस्थिति रहेको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट