एमाले ‘धमिरा’ जस्ताे छ देश र जनतालाई सिद्ध्याउंछ : नेता कमाल

सेयर गर्नुहोस

कपिलवस्तु , कार्तिक २५। सत्ता गठबन्धनकाे चुनावी सभामा नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद अतहर कमालले नेपाल कम्युनिस्ट पार्टी एमाले धमिरा जस्तै देश र जनतालाई सिद्ध्याउने खेल खेलिरहेको आराेप लगाउनु भएकाे छ ।

कपिलवस्तु क्षेत्र २ मा निर्वाचनकाे महाेल तातिरहेकै बेला महाराजगन्जमा आयाेजित सभालाई सम्बाेधन गर्दै निर्वतमान सांसद एवं नेपाली कांग्रेसका नेता अतहर कमालले नेकपा एमाले देश र जनतालाई धमिरा झैं सिद्धयाउन लागि परेकाे आराेप लगाएका हुन ।बाम-लाेकतानत्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्य , प्रदेश सदस्य उम्मेदवारद्वय सुधाकर पाण्डे र बिक्रम सिंह थापाकाे प्रचार-प्रसार आम सभामा नेता कमालले एमाले देशभरिबाट दस सिटभन्दा बढी नल्याउने ठाेकुवा गर्दै आउने निर्वाचनमा बाम-लाेकतान्त्रिक गठबन्धनकै सरकार बन्ने बताउनुभयाे । सभालाई सम्बाेधन गर्दै नेता कमालले मंशिर ४ गतेकाे निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएकाे छ । साथै एमालेलाई लक्षित गर्दै उनले मतदाताहरु आ-आफ्ना बालबच्चाकाे भविष्यमाथि खेलवाड नगर्न सचेतपनि गराउनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समिति पदाधिकारी लगायत माओवादी केन्द्र र नेकपा समाजवादीका नेता तथा सर्वसाधारण हरुकाे उपस्थिति थियाे ।

Facebook Comments Box