बैज्ञानिक समाजवाद र कृषिकाे आधुनिक बिकासका लागि उमेद्धारी : रासिद मिर्जा
कपिलवस्तु – कपिलवस्तु क्षेत्र ३(२) का उम्मेदवार रशिद मिर्जाले आफ्नाे उम्मेदवारी बैज्ञानिक समाजवाद र कृषिकाे आधुनिक बिकासका लागि रहेकाे बताउनुभएको छ ।
पटक-पटककाे जनआन्दोलन र बालिदानबाट स्थापित संघीय लाेकतान्त्रिक गणतन्त्रले नागरिकमा वैज्ञानिक समाजबादकाे प्रभाव दिन नसकेकाले हामी युवा नेतृत्वकर्ताले आफ्नाे समाजमा विद्यामान विकृति तथा राज्य संयन्त्रद्वारा पाइने सेवा सुविधाकाे समुचित वितरणका लागि उम्मेदवार दिएकाे प्रदेश सभा सदस्य उम्मेदवार रशिद मिर्जाकाे भनाई छ ।
वैज्ञानिक समाजवादकाे अर्थ मानिसद्वारा मानिसको शोषणमा आधारित समाजको लासमा शोषणरहित, वर्गविहीन समाजको निर्माण कुन ढङ्ग र उपायबाट गर्न सकिन्छ भन्ने सवालसित सम्बन्धित छ ।
बर्षाैं सेवा गरिएकाे नेकपा एमालेले टिकट नदिएपछि जनता प्रगतिशील पार्टीबाट उम्मेदवारी दिएका रसिद मिर्जा भन्छन – हाम्राे क्षेत्रमा शिक्षा ,कृषि र स्वास्थ जस्ता अतिआवश्यक पुर्वाधारतिर समस्या बढी नै छन , जसका कारण यहाँका जनता गरिब र परआश्रित हुँदै गएका छन । समाजमा समानता भएपनि समता स्तर निर्माण हुन नसकेकाले पनि गरिब झन गरिब हुँदै गएकाे छ । धनी र व्यापारी पनि यस क्षेत्रलाई कमाउने थलाे मात्र बनाए लगानी अन्य क्षेत्र व विदेशतिर लगाउने भएकाले जीवनस्तर उकास्न सकिएकाे छैन्न । मेराे आफ्नै कम्पनी छ मालसामान विदेश पठाएर आम्दनी गर्छु तर कामदार यसै क्षेत्रका छन । सैयाैं जनालाई राेजगार दिएकाे छु जसले गर्दा तिनी कामदार आफ्नाे बच्चालाई राम्राे शिक्षा दिन सकुन । मेरो ठूलो प्रयासले एउटा सानो उद्योग स्थापना गरी रोजगारी सृजना गरेको छु।मेरो पहिलो प्रयास महिला दिदी बहिनीको अनुहारमा खुशियाली देख्नु हो। मेरा आमा बुवा तथा दाजु भाईको उन्नति मेरो उद्देश्य रहेको छ। हजारौं को खुशिका लागि उधाेगलाई अझै ठूलो बनाई थप रोजगारी को सृजना गर्ने छु।
हाम्राे देशका किसान बर्षाकाे पानीमा निर्भर गर्छन । मलखाद र बिउविजन काे त्यतिकै समस्या छ । लगानी किसानकाे उत्पादन किसानकाे तर मूल्य व्यापारीले ताेक्छ । कृषि प्रधान देशमा मलखाद , बीउ आयात गर्नुपर्छ नै अन्नपनि आयात नै गर्छाैं तर कृषिलाई उत्पादनमुखी बनाउन चाहदैनाैं जसले गर्दा लगानी बढेर आम्दनी कम हुँदै गएकाे छ । नेपाललाई समृद्ध बनाउन बर्सेनि अन्न आयातमा बिदेशिने अरबाैं डलर किसानमा लगानी गर्नुपर्छ अनिमात्र समाजकाे बिकास भई देश बिकास हुन्छ ।
समाज बिकासका धेरै याेजना छन जुन जनताले निर्वाचन मा सहयाेगपछि अगाडि बढाउनु छ त्यहि भएर पनि जनताले मलाई बढी रुचाएका छन र मंशिर ४ गते सकारात्मक परिणाम दिन्छन ।
