मधेशी समुदाय लक्षित विभेदपूर्ण भाषण दिएका मन्त्री चौधरीलाई कारवाही गर्न आयोगद्वारा पत्राचार

सेयर गर्नुहोस

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का नेता एवं संघीय शहरी विकास मन्त्री मेटमणि चौधरीलाई आवश्यक कारवाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
देउवा सरकारमा मन्त्रीसमेत रहेका चाैधरी माधव कुमार नेपाल नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य समेत हुन ।
मन्त्री चौधरीले कार्तिक २१ गतेको राष्ट्रिय टेलिभिजन प्राइम टिभीबाट प्रसारित “मङ्सिर ४ महासंग्राम” कार्यक्रममा मधेशी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेका थिए । भाषणकाे भीडियाे सार्वजनिक भएपछि मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएका थिए ।
उजुरी दर्ता भएपछि मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीले मधेशी समुदाय लक्षित विभेदपुर्ण वक्तव्य दिएकाेले आवश्यक कारवाही गर्न अनुरोध गरेकाे छ ।
अध्यक्ष डा.दत्तले विज्ञाप्तिमा मधेशी समुदायलाई लक्षित गरी निर्वाचनका बेला भाेटबैंकका लागि यस्ता विभेदपूर्ण भाषण दिनु कार्यप्रति प्रति खेद व्यक्त गर्दै उम्मेदवारहरुले संयमित भई प्रचारप्रसार गर्न अनुराेध गर्दै यस्ता विभेदपुर्ण अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको समेत बताउनुभएकाे छ ।।

 

Facebook Comments Box