क्षमता अभिबृद्धि तथा पत्रकरिता तालीम सम्पन्न
कमलेश चन्द्र गुप्ता, कृष्णनगर बैशाख ३१,
कपिलबस्तुको कृष्णनगर नगरपालिकामा आज ५ दिने क्षमता अभिबृद्धि तथा पत्रकरिता तालीम सम्पन्न भएको छ। चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा तालिम सम्पन्न भएको हो । बैशाख २७ गते देखी सुरुभएको तालिम आज सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका भित्र रहेका क्रियाशील पत्रकारहरु लाई तालिम दिईएको हो । उक्त समापन कर्यक्रमलाई संबोधन गर्दै कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासको लागि कटिबद्ध रहेको बताउनु भयो । नगरप्रमुख शाहले सञ्चारकर्मी र सञ्चार माध्ययम सधै सत्यतथ्य समाचार उठान गर्नुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत राज प्रसाद त्रिपाठी नगरपालिकाका सल्लाहकार तुफेल अहमद खान, महेन्द्र मा.बि का प्रधानाध्यापक अनिल कुमार श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षर्थीहरुलाई खोज पत्रकारिता,फोटो पत्रकारिता,समाचार लेखन ,उदघोषण लगायतका बिषयबस्तुका बारेमा प्रशिक्षण दिईएको थियो ।तालिममा सहभागी भएकाहरुले आफुले सिकेका सिप ब्यवहारमा उत्राने बताएका छन ।उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो ।