९ असार २०८१, शनिबार

प्लाईउड फ्याक्ट्रीमा शंकास्पद युरिया बरामद

कपिलबस्तु, २८ बैशाख । कपिलबस्तुबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इन्डष्ट्रिज रुद्रपुर र पशुपति प्लाइउड इन्डष्ट्रिज कम्पनी लोहरौलाबाट भारी मात्रामा युरिया मल नियान्त्रण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकी आधारमा २६ सय ४० बोरा मल नियन्त्रणमा लिएको हो । ४४० बोरा मल कम्पनीमै शील गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दगाह हुँदै भैरहवा भन्सार कार्यालय मार्फत नेपाल प्रवेश गरेको थियो । आज बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले जानकारी दिए ।

युरिया मल आज कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए । युरिया मल उद्यौगिक प्रयोजनको लागि हो कि कृषि प्रयोजनको हो ? भन्ने विषयमा ऐकिन नभएकाले नियन्त्रणमा लिइएको प्रजिअ पोखरेलले बताए ।

किसानहरुले समयमा मल नपाउदा चिन्तित भएको बेला उद्योगमा भारी मात्रमा मल भेटिएको हुनाले शंका गरिएको छ । कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी भन्छन्, ‘हामीले मलको लागि भौतारीरहेका छौ । तर, कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो ? यो सोचनिय विषय भएको छ ।’

जय अम्बे प्लाइउड इन्डष्ट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इन्डष्ट्रिका सञ्चालक अशोक कुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट