१ बैशाख २०८१, शनिबार

ससफोको नगरपालिका स्तरीय १५ सदस्यीय समिति गठन


कमलेश चन्द्र गुप्ता
महराजगंज ,बैशाख १५
कपलिवस्तुको महराजगंज नगरपालिकामा संघीय समाजबादी फोरमको नगरपालिका स्तरीय समिति गठन भएको छ।
संघीय समाजबादी फोरम महराजगंजको आयोजनामा महराजगंज नगरपालिका प्रथम ऐतिहासिक अधिवेशन जिल्ला युवा अध्यक्ष मो. हई मुसलमानको अध्यक्षता र प्रदेश सभा सदस्य सहजराम यादवको प्रमुख अतिथिमा महराजगंज को कजरहवा गाँवमा १५ सदस्यीय समिति गठन भएको हो। उक्त कार्यक्रममा संघीय समाजबादी फोरमको केंद्रीय सदस्य रामबरन यदाव, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, जिल्ला उपाध्यक्ष अजीत सिंह, कपिलवस्तु क्षेत्र न.२ को प्रितिनिधि सभा उम्मीदवार राम निवास यादव,प्रदेश न. ५ को बिधर्थी फोरम को अध्यक्ष प्रकाश यादव, जिल्ला फोरम शिक्षक अध्यक्ष अनूप कुमार श्रीवास्तव तथा ससफो नेता ,कार्यकर्ताहरु उपस्थित थिए।
उक्त समितिमा मोहम्मद हई मुसलमान अध्यक्ष, दुर्योधन मौर्या उपाध्यक्ष, छेदी प्रसाद कुर्मी सचिव, सूर्यमती सह-सचिव,कोषाध्यक्ष पदमा जितेन्द्र पूरी ,धनीराम मौर्य सदस्यमा गरी १५ सदस्यीय समितिको चयन गरिएका छन भने जिल्ला प्रतिनिधिमा मोहम्मद हई मुसलमान,छेदी प्रसाद कुर्मी,अजीत सिंह ,सुनता कहार गरी ४ जानालाई छनौट गरिएको छन र अजीत सिंह, मोहम्मद हई मुसलमानलाई प्रदेश प्रतिनिधिमा चयन गरिएका छन ।
सो कार्यक्रमलाई सम्बोधित गर्दै जिल्ला उपाध्यक्ष अजीत सिंहले कपिलवस्तु जिल्ला को १० वटा स्थानीय निकाय मध्ये ९ वटा स्थानीयमा निकायमा ससफो को नगर स्तरीय समिति गठन भएको बताउनु भयो। कपिलवस्तु जिल्लाको १० वाटा स्थानीय निकाय मध्ये बाणगंगा नगरपालिकामा समिति गठन नभएको साथै गठन प्रक्रिया जारी रहेको बताउनु भयो। समितिका पदाधिकारीहरुलाई जिल्ला आध्यक्ष शैलेन्द्र यादवले सपत ग्रहण गराएका थिए।

धेरै कमेन्ट गरिएका