शिक्षा लाई प्रोत्साहित गर्न को लागि साइकल उपहार

सेयर गर्नुहोस


कृष्णानगर/संवाददाता बैशाख ११
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वार्ड नं ६ भिल्मी मा अल किताब एजुकेशनल एकेडमी (मदरसा एहयाउ ससुनना) मा वार्षिक परीक्षा को नतीजा प्रकाशन र पुरुस्कार वितरण कार्यक्रम गरियो ।नर्सरी क्लास देखी पांच सम्मा संचालन यस विद्यालयमा शिक्षा प्रति प्रोत्साहित गर्न का लागि कक्षा मा प्रथम देखी पांच स्थान सम्मा आउने विद्यर्थी लाई विभिन्न पुरस्कार र त्यही अनुसार विद्यालय मा स्वच्छ पोशाक ड्रेस ,सबै भन्दा धेरै अनुशासन मानने विद्यर्थी ,सबै भन्दा धेरै उपस्थित रहने विद्यर्थी हरु लाई सम्मान र पुरस्कार दिएर पुरस्कृत विद्यालय प्रशासन ले गरेको छ। कार्यक्रममा विद्यालय का मैनेजर जावेद आलम खान ले निरन्तर गर्ने पनि भन्नू भयो ।यस कार्यक्रम का प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपाल का प्रदेश न ५ का प्रवक्ता अकरम पठान ले शिक्षा लाई प्रोत्साहन गर्ने स्वरुप आफ्नो तरफ बाट उक्त विद्यालय को किंग ऑफ स्कूल र किंग ऑफ मोरैलिटी छात्र लाई २ बटा साइकल दिनु भयो । यस कार्यक्रम को संचालन प्रधनाध्यप रजीउद्दीन खां ,विशिष्ट अतिथि शिवपूजन यादव ,निर्वाचित वार्ड सदस्य दीपेंद्र मिश्र ,छात्र छात्रा अभिवाहक हरु को उपस्थिति थियो।

Facebook Comments Box