१२ बैशाख २०८१, बुधबार

देशभर ५२८ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : नेपालमा कोरोनाका संक्रमित घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा ६३४ जनामा गरिएको परीक्षणमा जम्मा २९ जना कोरोना संक्रमित भेटिएका हुन्।

आज २३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयकै विवरणअनुसार हाल देशभर जम्मा ५२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपालको हाल कोरोना संक्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट