कृष्णनगर , चैत्र २४ । व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष शैलेष प्रताप शाहले महेन्द्र मावि कृष्णनगरलाई क्याम्पसतह सम्म संचालन गर्ने प्रतिबद्धता गरेका छन ।
अाज नवनिर्वाचित अध्यक्ष शैलेष प्रताप शाहकाे संयोजकत्वमा व्यवस्थापन समितिकाे प्रथम बैठकमा शुभकामना अादान प्रदान गर्दै अब महेन्द्र माविलाई क्याम्पस तह सम्म संचालनमा ल्याउने प्रतिवद्धता नया समितिले गरेकाे छ। लगभग छ बर्ष पहिला पुर्व प्रधानाध्यापक बिष्णु प्रसाद गुप्ताकाे सक्रियतामा तात्कालिन फाेरमबाट निर्वाचित सांसद अभिषेक प्रताप शाहले अाफ्नाे हजुरबुवा काे नाममा स्व: गया प्रताप शाह बहुमुखी क्याम्पस संचालन गर्न अार्थिक र पुर्वाधारका लागि पहल गरेका थिए तर राजनितिक खिचातानीका कारण दर्ता प्रक्रियामा पुगेपनि संचालनमा अाउन नसकेकाे प्रअ अनिल कुमार श्रीवास्तवले जानकारी गराउनुभयाे । प्रअ श्रीवास्तवले अबकाे नया व्यवस्थापन समितिले साे क्याम्पस संचालनमा ल्याईने पहल गरिने छ भनी विस्वास प्रकट गर्नुभयाे ।
नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालकाे शुभकामना दिदै नगरप्रमुख रजत प्रताप शाह विगतका कमी त्रृटिहरुलाई शुद्ध पार्दै नया व्यवस्थापन गरि विद्यालयकाे शैक्षिक गुणस्तर बढाईनेमा अाफु विस्वास्त रहेकाे बताए । साथै कृष्णनगर नगरपालिकाले यश विद्यालयकाे भवन निर्माणका लागि साठ्ठी लाख बराबरकाे बजेट विनियाेजन गर्न सम्बन्धित निकायहरुमा सिफारिस पनि गरिसकेकाे बताउदै , विद्यालयकाे अवस्था सुदृण गर्न थप बजेट विनियाेजन गर्न अाफु पछि नह्टने प्रतिवद्धता दिनुभएकाे थियाे । नवनिर्वाचित अध्यक्ष शैलेष प्रताप शाह शिवप्रताप मावि भलवारीका पनि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन र निरन्तर एप्लस ग्रेड ल्याउने विद्यार्थीहरुलाई ल्यापटप बाड्दै अाएका छन ।


3