२० फाल्गुन २०८०, आईतवार

जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन हो: शहरी विकास मन्त्री मा.इस्तियाक राई


कपिलवस्तु/ संवाददाता चैत्र २३
शहरी विकास मन्त्री मा.इस्तियाक राईले जन्मसिद्ध नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउनु सङ्घीय समाजवादी फोरम नेपालको देन भएको बताउनु भयो । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले कपिलबस्तुको मायादेवी गा.पाको खुल्ला दिशामुक्त घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । खुल्ला दिशामुक्त गा.पा. घोषणा सभा कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरु झाकी तथा र्यलीका साथ विभिन्न सास्कृतिक झलकहरु समेत प्रदर्शन गरेका थिए । गा.पा.अध्यक्ष बजरंगी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले अा अाफ्नो धारणा राख्नु भएको सङ्घीय समाजवादी फोरम नेपालका प्रवक्ता अकरम पठानले जानकारी दिनुभएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट