राष्ट्रीय मदरसा संघ नेपाल द्वारा दुख व्यक्त
कपिलवस्तु / संवाददाता चैत्र १८
प्रदेश नं २ मा हिजो सांझ ८: ३० बजे को समयमा आएको भीषण आंधी हवाहुरीले उक्त क्षेत्र मा ठूलो मात्रामा धन -जनको क्षति हुन पुगेको दु खद क्षणमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा .अब्दुल गनि अल्कुफी र राष्ट्रीय मदरसा संघ नेपाल का महासचिव मौलाना मशहूद खां नेपाली ले यस विनाशकारी आधिहुरीमा ज्यान गुमाएका व्यक्ति प्रति हार्दिक सम्वेदना प्रकट गर्दै शोकाकुल परिवार लाई धैर्य धारण गर्ने क्षमता ईश्वर ले प्रदान गरून भन्ने भाव व्यक्त गर्दै घाइतेहरू को सिघ्र स्वास्थ्य लाभ को कामना गर्दे दैवी प्रकोप आएको यस अवस्था मा सम्पूर्ण प्रदेश सरकार, संघिय सरकार र मदरसाहरू ले दु खद क्षणमा आ आफ्नो स्तर बाट हुने सम्पूर्ण सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन्।

Facebook Comments Box