गाेली प्रहारले एककाे मृत्यु
कृष्णनगर ,चैत्र १८ । कृष्णनगर नगरपालिका–१० विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ ।
अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको प्रहरी नायबउपरीक्षक रविरावलले बताउनुभयो ।
पुरिकाे छातीमा गोली लागी गम्भीर घाइते भएपछि उपचारका लागि शिवराज अस्पताल पुर्याईएकाे थियाे पछि अवस्था चिन्ताजनक बनेकाले प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीस्राेतले जनाएको छ । राति मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरका अांगनमा बसेकै अवस्थामा गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
साे घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेका अपराधीहरुकाे खोजीकार्य भइरहेको प्रहरी नायबउपरीक्षक रावलले बताउनुभयो । हत्या गरिएका पुरी वैदेशिक रोजगारीमा युवालाई विदेश पठाउने काम गर्दै आएका थिए ।