कर्मचारी मर्यादित बनाउन बायाेमेट्रिक हजिरि मेसिन जडान

सेयर गर्नुहोस


कृष्णनगर , चैत्र १८ । कृष्णनगर नगरपालिकाका प्रत्येक वडा मा कर्मचारी संयन्त्रलाई चुस्तदुरुस्त बनाउन बायाेमेट्रिक हजिरि मेसिन जडान गरिएकाे छ ।
बर्षाैंदेखि जनप्रतिनिधि विहिन रहेकाे स्थानिय तहका अव्यवस्थित कर्मचारी तन्त्रलाई मर्यादित बनाई सेवाग्राहीलाई सेवा पुर्याउने उद्देश्यले नगरपालिकाकाे प्रत्येक वडामा बायाेमेट्रिक हजिरि मेसिन जडान गरिएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे । उनले सुचनाप्रविधिलाई प्रमुखताका साथ प्रयाेग गर्दै अाएकाे यस नगरपालिकाले डिजिटल प्राेफाइलपछि साे हाजिरि मेसिन जडान गरिएकाे जानकारी गराउनुभयाे । नगरभित्रका सबै माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा पनि हाजिरि मेसिन जडान गर्नुका साथै सिसिटिभी लगाइने याेजना अधिकृत प्रदिप चाैधरीले जानकारी गराएका छन ।

नगरपालिका भित्र सबै कार्यालयहरु कर्मचारी प्रशासन चुस्तदुरुस्त बनाई हरेक गतिविधिलाई माेनिटरिङ गर्न सिसिटिभी क्यामेराले सहज हुने कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्जिवी पाैडेल बताउनुहुन्छ।
कृष्णनगर नगरपालिकाले शुरु गरेकाे सुचनाप्रविधि मैत्री याेजनाहरुले सर्वसाधारणलाई सहज सेवा प्रदान भई नगर बिकासमा टेवा पुग्नुका साथै सुरक्षाका दृष्टिकोणले पनि सहजताहुने राजहंश ईन्फाेसिसका संचालक माधव घिमिरेले बताए । हाल कृष्णनगर कार्यपालिका कार्यालय लगायत कुल बाह्र वडामा राजहंश इन्फाेसिसले नै सिसिटिभी र हाजिरि मेसिन लगाएकाे घिमिरेकाे भनाई छ ।

Facebook Comments Box