१२ बैशाख २०८१, बुधबार

शिवराज काँग्रेसद्धारा अग्नीपिडितलाई सहयोग

शि

शिवराज काँग्रेसद्धारा अग्नीपिडितलाई सहयोग ।।
कृष्ण थापा, कपिलवस्तु चैत ८,
नेपाली काँग्रेस शिवराज नगरसमितीद्धारा पैकीबण्डाका ११ घरपरिवार अग्नी पिडितलाई आपतकलिन राहत वितरण गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी हुदा स्थानिय घरबार विहिन भएका थिए । नेपाली काग्रेस नगर सभापती मधुसुदन पोख्रेलको संयोजकत्व करिब ५० हजार बराबरको दाल चामल, चिउरा लगायत अति आवश्यक समाग्री वितरण गरेको नेपाली काँग्रेस शिवराज नगर सचिव कृष्ण थापाले जानकारी दिनुभयो ।
पैकीबण्डाका अग्नीपिडीत बुधई कुर्मी, वहब मुसलमान, इलाकत मुसलमान, हरिद मीया, राहत मीया, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान , सनिउल्ला मीया, समीम नाउ, मन्जुर नाउ, वर्मा कुर्मी, कोदई कुर्मी, किसलावती कुर्मी, मिताउल्ला मीया र बरसती मुसलमानलाई राहत समाग्री वितरण गरेको हो ।
नेपाली कागँ्रेसका नेता प्रेम बहादुर रायमाझी, अजय थापा, जमसेद अली मिया, विनोद नेपाल, हुमाकन्ता खनाल, बाबुराम खनाल, तारा पौडेल, कृष्ण थापा लगायत काग्रेसीहरुको सहयोगमा राहत वितरण गरिएको हो ।
पछिल्लो समय काग्रेसले समाजिक क्रियाकलाप र समाज उत्थान गरिब असाहयलाई सहयोग गर्ने कार्यक्रम नै संचालन गरेको छ । यस अघि पनि शिवराज नगरपालिकाको वनकसावासमा भिषण आगलागी हदा नेपाली काग्रेसले लाखँौको राहत वितरण गरेको थियो । वनकसावासमा ४ घर जलेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट