५ जेष्ठ २०८१, शनिबार

चीनले ताइवान एकीकरणको योजनालाई गति दिइरहेको छ- अमेरिका

काठमाडौं । चीनले पहिले सोचे भन्दा चाँडै नै ताइवानको एकीकरण गर्ने तयारी गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बेइजिङले यथास्थितिको अवस्थालाई अब मान्यता नदिने निर्णय गरेको ब्लिन्केनको भनाइ छ ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २० औं महाधिवेसनको उद्घाटन भाषणमा बोल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई मुख्यभूमिमै ल्याउन बल प्रयोगसमेत गर्ने बताएका थिए ।

चीन र ताइवान दशकौं पहिले एउटै राष्ट्रकारुपमा रहेका थिए । तर, अहिले ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्न खोज्छ भने चीनले पूरानै हिसाबले आफ्नो हिस्सा मान्छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा आक्रमण गरे अमेरिकी सेनाले रक्षा गर्ने भनेका थिए । तथापि अमेरिका एक चीन नीतिमा प्रतिबद्ध रहेको छ ।

स्ट्यानफोर्ड युनिभर्सिटीमा मंगलबार पूर्व सचिव कन्डोलिजा राइससँगको एक कार्यक्रममा बोल्दै ब्लिन्केनले बेइजिङले शान्तिपूर्ण माध्यमबाट एकीकरण गर्न सकेन भने उसले जबरजस्ती र सम्भवतः बल प्रयोग गर्ने बताएका हुन् ।

‘यसले यथास्थितिलाई गहिरो रूपमा बाधा पुर्‍याइरहेको छ र ठूलो तनाव सिर्जना गरिरहेको छ,’ उनले भनेका छन्।

अमेरिकाले ताइवानप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्ने र टापुको आफ्नो रक्षा गर्ने क्षमतालाई समर्थन गर्ने उनको भनाइ छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट