कपिलवस्तु / संवाददाता फागुन २८
कपिलवस्तुको विजयनगर गाउँपालिकाको आज चौँथो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु गाउँसभामा बाट पारित गरेको छ । जस अन्तरर्गत ,कर सम्बन्धी र न्यायीक सम्बन्धी विविध योजनाहरु ल्याएको हो । गाउँ सभाले साक्षरता अभियान,जनता उद्घार उपचार कोष,महिला समुह सहकारी चालु कोष र टोल बस्ती पहिचान लगायत सुविधाजनक विविध कार्यक्रमहरु सभाबाट पारित गरि कार्यान्वयन मा ल्याउने अध्यक्ष गोपाल बहादुर थापा ले बताउनु भयो । गाउँ सभाले नि ः शुल्क सेवा प्रदान अन्तर्गत नागरीकता, प्रतिलिपि, जेष्ठ नागरिक, अविबाहित, एकल महिला, विपन्न महिला,दलित,बसाइसराइ आउने,छात्रबृत्ति,अपांग , सम्बन्ध विच्छेद, दैवी प्रकोप र द्धन्द्ध पिडित लगायत विभिन्न सिफारिसहरु नि ः शुल्क प्रदान गर्ने भनि निर्णय गरेको छ । यस्तै २२ वर्षसम्म पुगेका नागरिकहरुलाई नि ः शुल्क नागरिकता सिफारिस गर्ने जस्ता उत्कृष्ट योजना समेत सभाले ल्याएको छ । कार्यक्रम गाउँ कार्यपालिकाकी सदस्य नितु दर्जीको स्वागत मन्तव्य तथा नायब सुब्बा सुबास चन्द बराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
3