विजयनगर गपाले निशुल्क सिफारिस गर्ने

विजयनगर गाउँपालिका को चौँथो गाउँ सभा सम्पन्न

राम प्रघट कोरी

 कपिलवस्तु /फागुन २८

 कपिलवस्तुको विजयनगर गाउँपालिकाको आज चौँथो गाउँ सभा सम्पन्न भएको छ ।
 गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरु गाउँसभामा  बाट पारित गरेको छ । जस अन्तरर्गत ,कर सम्बन्धी र न्यायीक सम्बन्धी विविध योजनाहरु ल्याएको हो । गाउँ सभाले साक्षरता अभियान,जनता उद्घार उपचार कोष,महिला समुह सहकारी चालु कोष र टोल बस्ती पहिचान लगायत  सुविधाजनक विविध कार्यक्रमहरु सभाबाट पारित गरि कार्यान्वयन मा ल्याउने  अध्यक्ष गोपाल बहादुर  थापा ले बताउनु भयो । गाउँ सभाले नि ः शुल्क सेवा प्रदान अन्तर्गत नागरीकता, प्रतिलिपि, जेष्ठ नागरिक, अविबाहित, एकल महिला, विपन्न महिला,दलित,बसाइसराइ आउने,छात्रबृत्ति,अपांग , सम्बन्ध विच्छेद, दैवी प्रकोप र द्धन्द्ध पिडित लगायत विभिन्न  सिफारिसहरु नि ः शुल्क प्रदान गर्ने भनि निर्णय गरेको छ । यस्तै २२ वर्षसम्म  पुगेका नागरिकहरुलाई नि ः शुल्क नागरिकता सिफारिस गर्ने जस्ता उत्कृष्ट योजना समेत सभाले ल्याएको छ । कार्यक्रम  गाउँ कार्यपालिकाकी सदस्य नितु दर्जीको स्वागत मन्तव्य तथा नायब सुब्बा सुबास चन्द बराईको सञ्चालनमा सम्पन्न भएको थियो ।