२९ असार २०८१, शुक्रबार

प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन

कपिलवस्तु /फागुन २६

विजयी पुरस्कार दिदै अध्यक्ष गाेपाल थापा

हरियाली युवा क्लब को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ । जय बुद्ध सामाजिक युवा क्लब शिवपुर शृजनशिल युवा क्लब भटनी बीच कडा प्रतिस्प्रर्धा भएको खेलमा जय बुद्ध सामाजिक युवा क्लबले ३ गोल हानी विजय भएको छ ।
गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरको खेल मैदानमा सुरु भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता फाइनलमा पुगेका जय बुद्ध सामाजिक युवा क्लब शिवपुरले ३ र शुजनशिल युवा क्लब भटनी ले १ गोल गरेका खेल संयोजक दुर्गा बहादुर दर्जीले बताए ।
प्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार ५० हजार ,ट्रफि, प्रमाण पत्र, दोस्रोहुनेलाई नगद ३० हजार ट्रफि र प्रमाण पत्र सेमिफाइनल मा पुगेका टिमलाई नगद ५ हजार प्रदान गरिएको थियोे । खेलमा १६टिम सहभागी भएका थिए । खेल संयोग दुर्गा बहादुर दर्जी को अध्यक्षता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा को प्रमुख अतिथित्यता बिशिस्ट अतिथि नेकपा प्रदेश न.५ कमिटी सदस्य बालक राम बुढा वडा अध्यक्ष तिलक राम कडेल बुद्धि राम अर्याल अनवर मुसलमान इलाका प्रहरी कार्यालय गणेशपुर का प्रमुख नवीन पौडेल लगाएत को उपस्थितिमा विजय थापा को संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट