४ बैशाख २०८१, मंगलवार

गस्तीमा ढिलाइका कारण ट्रान्सर्फमर चाेरी

कृष्णनगर, फल्गुन १४ । कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा ट्युबल चलाउन जडान गरिएकाे ट्रान्सर्फमर हिजाे राति चाेरी भएकाे छ ।
स्थानीय कृषकहरुकाे सिचाई समास्यालाई समाधान गर्न तत्कालीन सिचाई सचिव रहेका स्व: रामानन्द यादवले अाफ्नाे गाउंमा डीप ट्युबवेलका लागि वजेट निकास गरि जडान गरिएकाे ट्रान्सर्फमर हिजाे राति चाेरि भएकाे छ ।
प्रहरी गस्ती नगर्ने र गरेपनि तस्करीका सामानहरु मात्र समाउन बढी चासाे लिएका कारण चाेरी भएकाे स्थानियहरुकाे अाराेप छ । ट्रान्सर्फमर चाेरीले गर्दा सयाैं बिघा जग्गा सिचाईकाे समास्याले प्रभावित भएका नगरप्रमुख रजतप्रताप शाह ले बताउनुभयाे । नगरपालिकाले बार्षिक रुपमा डिप ट्युबवेल जडान गर्दै अाएकाे छ । संचालनका लागि ट्रान्सर्फमर चाहिने हुनाले यस्ताे चाेरि बढ्दै गएमा प्रहरी सक्रिय हुनुपर्ने नगरप्रमुख शाहले अाग्रह गर्नुभयाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट