२८ भाद्र २०८१, शुक्रबार

बोलेको कुरा पूरा गर्छु ढुक्क हुनुस -प्रचण्ड

प्रिन्स मिश्र/कपिलवस्तु फाल्गुन ११
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले कपिलवस्तुको समग्र विकासका लागि प्रतिबद्ध भएको बताउनु भएको छ ।
कपिलवस्तुको विजयनगरमा आयोजित कवि सम्मेलन तथा मुशायरा कार्यक्रमलाई सम्बोधन गर्दा नेकपा अध्यक्ष प्रचण्डले छोटो करिब ५ मिनेट सम्बोधन हिन्दी भाषामा गरेका थिए।
।कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले समृद्ध गाऊपालिकाका लागि विभिन्न योजना सहितको ज्ञापन पत्र प्रचण्डलाई बुझाएका थिए । गाउँपालिकाको मानव सुचांक, पिछडेको बर्गको उत्थान, बाटो घाटो , स्वास्थ्य शिक्षाका लागि केन्द्रबाट पहल गरिदिन अनुरोध गर्दै थापाले ज्ञापनपत्र बुझयेका थिए ।
यद्यपि प्रचण्ड ५ मिनेट भन्दा कम बोलेपनि महत्वपूर्ण प्रतिवद्धता जनाएका छन । उनले विजय नगर गाउँपालिकाको विषयमा आफुले सक्दो सहयोग गर्ने बताए । चुनावी भाषणमा बलदेवलाई जिताए मन्त्री बनाएर पठाउँछु भनेर कपिलवस्तुमा प्रतिबद्धता जनाएका प्रचण्डले शुक्रबारको कार्यक्रममा पनि स्मरण गरे । उनले भने चुनावको बेला जनता सामु बलदेवलाई मन्त्री बनाउछु भनेको थिए बनाए । प्रचण्ड बोलेको कुरा पूरा गर्छ ढुक्क हुनुस कपिलवस्तुबासी सामु भने ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री हृदेश त्रिपाठीले राष्ट्रको समृद्धीका लागी किसानका उत्पादनलाई किसान आफैले मूल्य निर्धारण गर्न पाउने व्यवस्था हुन पर्ने बताए । ६४ प्रतिशत जनता कृषिमा निर्भर रहेको देशमा किसानले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्न नपाउनु दुखद भएको समेत बताएका छन ।
विजयनगर गाउँपालिको आयोेजना भएको कवि सम्मलेन तथा मुशयरा कार्यक्रममा भारतका पूर्व विधान सभा अध्यक्ष माता प्रसाद पाण्डे, नेपाल प्रतिनिधी सभाका सभासद वृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्यहरु , अर्जुन कुमार के.सी.,विरेन्द्र कुमार कनौडिया, फौजिया नाजिम, पूर्व मन्त्री इश्वर दयाल मिश्र,पूर्व साँसद शान्ति देवि हरिजन, नेपाल कम्यूनिष्ट पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोखरेल लगायत विभिन्न पार्टीका जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विजयनगर गाऊपालिका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट