११ आश्विन २०८०, बिहीबार

कपिलबस्तु को जनचेतना मा.बि. मा एक दिने सफ्टवेयर व्यवस्थापन अभिमुखिकरण कार्यशाला समपन्न

देवानन्द ठाकुर /कपिलबस्तु

माघ २३,कपिलबस्तु को पश्चिमि क्षेत्र शिवराज न.पा.८ मा अवस्थित जनचेतना मा.बि.लक्ष्मणपुर मा शिवराज न.पा. र विजयनगर गा.पा. को सयुक्त आयोजना मा उक्त एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।
यस कार्यक्रम मा बिशेषतया आधारभूत शिक्षा उत्तीर्ण (कक्षा ८) परीक्षा को सफ्टवेयर व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला जनचेतना मा.बि.को कम्प्युटर ल्याब मा तथ्याकं विग्य सम्बेदन कोईराला र उप-सचिव गोबिन्द प्रसाद शर्मा द्वारा सहभागीहरु लाई प्रशिक्षित गरिएको छ ।यस अभिमुखिकरण कार्यशाला मा शिवराज न.पा.का कार्यबाहक अध्यक्ष उप मेयर शिव कुमारी चौधरी ,प्रशाशकीय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा अधिकृत पुर्ण बहादुर बि.क.,विजयनगर गा.पा.का प्रशाशकीय अधिकृत रविन्द्र चौधरी,कृष्णनगर न.पा. को शिक्षा शाखा अधिकृत राम करन पाल र कृष्णनगर न.पा.का स्रोत ब्यक्ति अर्जुन प्रसाद लोहार लगायत दुबै स्थानीय तह का सम्पुर्ण मा.बि.र आधारभुत बिद्यालय बाट एक-एक जना शिक्षकहरु गरी ६० जना को सहभागिता रहेको थियो।

शिवराज न.पा.का शिक्षा शाखा प्रमुख बि.क.अनुसार सफ्टवेयर व्यवस्थापन अभिमुखिकरण गोष्ठी मा सिके अनुरुप बिद्यालयहरु मा अगामी फाल्गुन २७ गते देखि शुरू हुने आधारभुत तह कक्षा ८ को परीक्षा संचालन र व्यवस्थापन गर्ने भनी जानकारी दिनु भएका हुन।
जनचेतना मा.बि.का प्राचार्य अर्जुन प्रसाद खनाल भन्नु हुन्छ, “यस्ता किसिम का आधारभुत सीप मूलक गोष्ठी हामी सबै का लागी अति नै उपलब्धिमुलक र उपयोगी हुने भएको छ।”
जसले परीक्षा प्रणाली लाई तरीकागत मार्यादित बनाई सुनियोजित ढंग ले संचालन र व्यवस्थापन मा सहज बनाउछ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट