लागु पदार्थ विरुद्ध कपिलवस्तु प्रहरी सक्रिय

सेयर गर्नुहोस

कृष्णनगर , माग २३ । लागू अाैषधि नियन्त्रण मा कृष्णनगर प्रहरी सक्रिय भएकाे छ ।
भारतबाट नेपाल भित्रिदै गरेकाे विभिन्नथरिका लागुपदार्थ सहित कृष्णनगर वार्ड न.२ का गाेरखा धाेबीलाई बिशेष सुराकीकाे अाधारमा प्रहरीले लिङगेटबाट समातेकाे छ । साेमबार राति नाै बजे तिर चेकजाँचका क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानिय पचीस बर्षीय गोरखा धोबी ब्राउन सुगर सानो-सानो कागजमा – ३७ पिस (अन्दाजी ५१० मिलिग्राम) ,स्पासमो – १० टिकिया , नाईट्रोभेट -४ टिकिया फेला परेको हुदाँ नियन्त्रणमा लिईएकाे थियाे ।
पक्राउ परेपछि धाेबी कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गराई अावश्यक अनुसन्धान भइरहेकाे कपिलबस्तु प्रहरीले जनाएकाे छ ।

Facebook Comments Box