कपिलवस्तुको दुई स्थानमा दुर्घटना हुदा ५ घाइते

saniulla bus

 

saniulla bus
saniulla bus

सनिउल्ल धोबी, कपिलवस्तु माघ ९ ।।
कपिलवस्तुको शिवराज नगरपालिकाको दुई स्थानमा सवारी दुर्घटना हुदा ५ जना घाइते भएका छन । शिवराज नगरपालिका १ शिवपुरमा बस र टिप्पर एक आपसमा ठोकिदा चालक सहित ४ जना घाइते भएका छन् । घाइतेका चन्द्रौटा स्थिीत संजिवनि अस्पातलमा उपचार भईरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाईते हुनेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने बर्ष २ को पकंज चौधरी बर्ष २६ को सुजाता चौधरी बस चालक राप्ती गाँउपालिकाका बर्ष ६ बस्ने बर्ष ३८ का तिर्थ प्रसाद चौधरी र सोही ठाँउका बर्ष २४ का शिसिर चौधरी रहेका छन । घाइतेको आवस्था समान्य रहेको प्रहरीले जनाएको छ । बसमा १६ जना यात्रु सवार रहेका थिए ।
दाङबाट काठमाण्डौ तर्फ गइरहेको न ६ ख. ३९७२ नं.को वस र चन्द्रौटाबाट दाङ तर्फ गइरहेको रा १ ख ६५० नं. को टिप्पर बसलाई ओभर टेक गर्दा उक्त दुर्घटना भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिएको छन् । टिप्पर चालक फारर भएको प्रहरी निरिक्षक उपाध्यायले जानकारी दिए ।
यस्तैे कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको फफुरी बोडिङ्ग स्कुलको बसको ठक्करले एक बालिका घाईते भएकी छन । आज विहान करिब ९ः ३० बजे शिवराज नगरपालिका वडा नं ३ बस्ने अजय त्रिपाठीको बर्ष ७ की छोरी अंशिका त्रिपाठी घाइते भएको प्रहरीले जनाएको छ । अंशिकाको अहिले बुटवलमा रहेको मर्सिसिटी अस्पातालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । फफुरी बोडिङ्ग स्कुलको लु २ ख २९६९ नम्बरको बसले ठक्कर दिएको थियो ।