१५ चैत्र २०८०, बिहीबार

जिल्ला क्षेत्र र नगर समृद्ध बनाउने कपिलवस्तुका वाक्ताहरुको जोड

saniulla dhobi

सनिउल्ला धोबी, कपिलवस्तु माघ ७ ।।
समृद्ध समुन्त जिल्ला बनाउन लागि परेको एक कार्यक्रमका वाक्ताहरुले जोड दिएका छन । कपिलवस्तु जिल्लालाई विकास गर्नका लागि सांसद, पुर्व मन्त्री तथा नगर प्रमुख एक जुट भई विकास गर्न आजको आवश्यता रहको बताएका छन । कपिलवस्तुको महराजगंज नगरपालिका वडा न ७ वडा कार्यालयको आयोजित समिक्षा तथा अन्तरक्रिया कार्याक्रममा बोल्ने वाक्ताहरुले जिल्ला क्षेत्र र नगर विकासको लागि एक जुुटभई लाग्ने समय आएको बताएका थिए ।
वडाले आयोजना गरेको समिक्षा कार्यक्रममा कपिलवस्तु क्षेन नं ३ का सांसद अभिषेक प्रताप शाहले क्षेत्रका सिंचाई सुविधाको लागी आगामी वजेट वाट ५० लाख रुपैया विनीयोजन गर्ने वताउनुभएको छ । सांसद शाहले महाराजगंजको विकासको लागी आपसी एकता वलियो वनाई समाज विकासमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली काग्रेसका जिल्ला सभापती सुरेन्द्रराज आचार्यले आफु मन्त्री हुदा सिचाईका लागि विशेष पहल गरेपनि अहिले पनि सिचाई अपुग रहेको बताउनु भयो । उहाले कपिलवस्तुको अधिकांस क्षेत्रमा सिचाईको अभाव रहेकोले केन्द्र देखी प्रदेश सम्म पहल गने बताउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले महाराजगंज नगरपालिकालाई समृद्ध बनाउनाका लागि विभिन्न योजनाका साथ अघि बढि रहेको बताउनु भयो । नगर प्रमुख कलामले नगरको शिक्ष्ााँ स्वास्थ्य कृषि पशु सेवा भौतिक पुर्वाधार लगायको क्षेत्रलाई विकास गर्नका लागिग लागि परेको बताउनु भयो । साथै प्रदेश शभा सदस्य रिना नेपालले महाराजगंजको विकासको लागी ५० लाख रकम विनियोजित गरेको नगर प्रमुख कलामको भनाई रहेको थियो । कार्यक्रम वडा न ७ का वडा अध्यक्ष अव्दुल समदको सभापतित्व ,पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आर्चायको प्रमुख आतिथ्यता , सांसद अभिषेक प्रताप शाह, महाराजगंज नगरपालिकाका नगरप्रमुख अव्दुल कलाम विशिष्ट अथिथ्यिता , समाजसेवी तथा नेपाली काग्रेस जिल्ला सचिव प्रेम व रायमाझी,युवा नेताहरु अजय थापा र हरिप्रसाद पोख्रेलका आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

धेरै कमेन्ट गरिएका