१५ फाल्गुन २०८०, मंगलवार

दाङको राजपुरमा फोरम नेपालको भेला ।।

दाङ २०७५माघ ५/

सङ्घीय समाजवादी फोरम नेपाल दाङ जिल्लाको राजपुर गाउँ समितिको भेला अाज राजपुरमा सम्पन्न भएको छ । भेला अायोजक समिति संयोजक पंचराम यादवको अध्यक्षता एवं प्रदेश अध्यक्ष अशोककुमार यादवको प्रमुख अातिथ्यमा सम्पन्न भेलाले दुर्गा यादवको अध्यक्षता १७ सदस्यीय गाउँ तदर्थ समिति गठन गरिएको छ । समिति उपाध्यक्षमा रामअाश्रे यादव, सचिवमा सरजु प्रसाद कुम्हार,कोषाध्यक्ष शिला यादव,सहसचिवमा जुम्मन नाउँ सदस्य पंचराम यादव,रामदास यादव,कृष्णबहादुर यादव,भुपबहादुर यादव,भभुती कुम्हार ,मायाराम यादव,उचितराम यादव,हरिदत्त यादव,भागवति यादव,कल्पना यादव ,सुकदेव यादव,रमेश यादव,बृजनारायण यादव रहेका छन । कार्यक्रममा जिल्ला सदस्य भरतलाल चौधरी,गढवा गा पा सचिव अंगद यादव लगायतकाले पार्टीको नीति तथा सिद्धान्त माथी प्रकाश पार्नु भएको थियो । बृजनारायण यादवको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको संचालन समाजवादी युवा फोरम नेपालका जिल्ला अध्यक्ष दुर्गा यादवले गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट