सरकारले जनचाहाना अनुरुपको काम गर्न नसकेको काग्रेस नेता भण्डारीको आरोप

सेयर गर्नुहोस

सनिउल्ला धोबी, कपिलवस्तु माघ ५।।
नेपाली काग्रेंसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वार्तामान सरकारले जनचाहाना अनुरुपको काम गर्न नसकेको आरोप लगाउनु भएको छ । उंहाले केपि शर्मा ओली प्रधानमन्त्री हुंदा देशको विकासको लागी काम गर्लान भन्ने कुराको आफुले समेत आशा गरेपनि ओली सरकार काम नलाग्ने अवास्थामा आएको आरोप लगाउनुभयो । नेपाली काग्रेस शिवराज नगरकमिटि कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संवोधन गर्दै नेता भण्डारीले भण्डारीले प्रधानमन्त्री ओली मन लागी वोल्ने तर काम केहि नगर्ने नेता भएको टिप्पणी गर्नुभयो ।
साथै उहाले राजनीतिमा युवाहरु अगाडी आउनुपर्ने वताउनुभएको छ । नेपालको विकासको लागी पुरानो सोचका नेताहरुलाई स सम्मान विदा गरि मुलुकको हित सोच्ने युवाहरु अगाडी आउनुपर्नेमा उहांको जोड थियो ।
प्रदेश देखि केन्द्र सम्म दुईतिहाईको अवस्थामा रहेको सरकारले जनतालाई कसरी खुशी वनाउनुपर्छ भन्ने कुरा सोच्न आवश्यक रहेको वताउनुभयो । जनताको सामान्य जनजीवनको वारेमा सोच्न नसकेको सरकारले ठुला ठुला सपना मात्रै बाडेको वताउनुभएको छ ।
उंहाले नेपालका कुनै पनि राजनैतिक दलभित्र देश र जनताको विषयमा सोच्ने नेता नभएकाले जनताले दुख पाउन परेको औल्यानुभएको छ । नेपाली काग्रेस र नेपाल कम्नियुष्ट पार्टिमा केहि राम्रा युवा नेताहरु भएपनि उनीहरुको नेतृत्व नसुनेको वताउनुभएको छ । नेपाली काग्रेंसमा पनि युवा तथा देशको लागी सोच्ने व्यतmीलाई अगाडी ल्याउन कार्यकर्तालाई नेता भण्डारीले सुझाव दिनुभएको छ । यस्तै कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले गुट उपगुटको अन्तय गनुपर्ने वताउनुभएको छ । नेपाली कांग्रेसले विगतका गल्ती कमि कम्जोरीको समिक्षा गरि पार्टि निर्माण गर्ने महानअभियानमा लाग्न आग्रह गर्नुभएको छ ।
उहांले ५ न प्रदेशको राजधानी कंहा तोक्ने भन्ने वहस चलीरहेको प्रसंग उठाउदै प्रदेश राजधानीको लागी उतम जिल्ला कपिलवस्तु भएको वताउनुभएको छ । दाङ ,वांके,वर्दियाका नेता तथा सांसदहरु संग कुराकानी भईरहेको स्मरण गर्दै नेता आर्चायले प्रदेश राजधानीको लागी कपिलवस्तुको शिवराज नगरपालीका तिर सवैको लागी उपयुतm हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका कोषाध्यक्ष सोरत तेली , नेपाली काग्रेसका नेता बरमानन्द उपाध्याय , नेपाल तरुणदल कपिलवस्तुका सभापति शतmी सिंह ठकुरी , प्रदेश शभा सदस्य रिना नेपाल लगाएतका नेताहरुले संवोधन गरेका थिए । कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव प्रेम वहादुर रायमाझी , जिल्ला सदस्य हुमाकान्त खनाल , युवा नेता अजय थापा , क्षेत्रीय सभापति अकिल मिंया पुर्व जिल्ला सचिव विनोद नेपाल, नगर सभापति मधु पोखरेल , नेताहरु कृष्ण प्रसाद पौडेल , नारायण ज्ञवाली लगाएतका २०० जना नेता कार्यकर्ताको उपस्थीती रहेको थियो । कार्यक्रम वडा सभापति तारा प्रसाद पौडेलको सभापतित्व र क्षेत्रीय सचिव कमल केशिको संचालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box