१३ बैशाख २०८१, बिहीबार

पुष २९ देखी माघ १ गते सम्म दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सव

saniulla dhobi
saniulla dhobi

सनिउल्ला धोबी, कपिलवस्तु पुष २८//
हम्मनके साँस्कृतिक हम्मनके शान, भुमीपुत्र थारु हमारे पहिचान भन्ने मुल नारा सहित कपिलवस्तुमा दुसर माघी मिलन साँस्कृतिक महोत्सव हुने भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ भगवानपुरमा रहेको भगवानपुर गाँँउ समाजको आयोजनामा दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सव हुन लागेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै यही पुष २९ गते आइतवार देखी सुरु हुने महोत्सव माघ १ गते सम्म सञ्चालन हुनेछ । दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको भगवानपुर गाँउ समाजका अध्यक्ष रामेश थारुले बताउनु भयो ।
कार्यक्रममा थारु कला सस्कृति भेषभुषाको प्रदर्शन विभिन्न थारु जातीले खाने परिकारको स्टल, थारु नाच,माघि नाच,मयुर नाचको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै शिवराज नगरपालिका क्षेत्रमा रहेको धर्मीक स्थलको चिनारीको रुपमा विभिन्न मठ मन्दिरको फोटो प्रदर्शनी समेत राखीने बताइएको छ । पुष २९ गते देखी सुरु हुने दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सवमा राष्ट्रिय थारु कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
कार्यक्रममा गायक श्री निवास चौधरी, अन्नु थारु, गायक, सरगाम चौधरी, सिमान्त चौधरी, रमेश मिसन चौधरी, रन्जित चौधरी र उत्तम थारु मोडल सुनिता दहित, समीक्षा चौधरी लगायतको कलाकार रहने मिडिया संयोजक राम अवतार थारुले बताउनु भयो । आइतवार विहान ११ बजे सांसद अभिषेक प्रताप शाहले दुसरा माघी मिलन थारु साँस्कृतिक महोत्सवको उदघाटन गर्ने शिवराज थारुले बताउनु भयो ।
पत्रकार सम्मेलनमा आयोजकले थारुहरुको पर्वलाई स्थानिय तहले समेत सहयोग नगरेको आरोप लगाएका थिए । आयोजक भगवानपुर गाँउ समाजले कपिलवस्तुको विभिन्न स्थानिय तहसगँ समन्वय गरेपनि सहयोग नपाएको स्थानिय माया थारुले बताइन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट