कृष्णनगर ,पुस २७ । सुआहारा कपिलबस्तुकाे आयोजना तथा कृष्णनगर नगरपालिकाकाे समन्वयमा स्वस्थ घर सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने भएकाे छ।
कृष्णनगर नगरपालिकाका प्रत्येक वडाका कुल १८०० घरधुरीमा रहेका एक हजार दिनको आमाहरुलाई स्वस्थ घर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिने बाँस अधिकृत कमला सापकोटाले जानकारी गराएकी छिन । उनले अनिबार्य रुपमा सबै घरधुरीमा शौचालय बनाएर प्रयोग गर्ने , चर्पी सफा राख्ने तरिका, सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले हात धुनैपर्ने अवस्थाहरु, वातावरणीय सरसफाइ, घरायसी फोहोरमैलाको व्यवस्थापन, कुहिने फोहोर र नकुहिने फोहोरको व्यवस्थापन र महिनावारी स्वच्छता व्यवस्थापनका विषयबस्तु र स्वस्थ घर सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन हुने जानकारी गराउदै आषाढ़ मसान्तसम्म नगरपालिका भित्र सात सय स्वस्थ घर बनाउने उद्देश्य रहेको बताईन ।
कृष्णनगर नगरपालिकाले याे अार्थिक बर्षमा सरसफाई र खुला दिशा मुक्त सम्बन्धि विभिन्न याेजनाहरु समावेस गरेकाेले एक महिनाभित्रै नगरपालिकाका सम्पुर्ण वडा खुला दिशा मुक्त हुनेमा अाफु विस्वस्त रहेकाे नगरप्रमुख रजत प्रताप शाहकाे भनाई छ । कृष्णनगर नाका हुँदै नेपाल भित्रिने भारतीय लगायत तेस्राे मुलुकका पर्यटकलाई स्वच्छताकाे अनुभूति गराउन तिर अाफुलागि परेकाे नगरप्रमुख शाहले बताउनुभयाे साथै कपिलबस्तु जिल्लाकाे प्रमुख व्यापार नाकाकाे रुपमा स्थापित यस नगरलाई स्वच्छ बनाउन सुअाहरा र नगरपालिका हाथ मिलाएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
3