५ जेष्ठ २०८१, शनिबार

कपिलवस्तुमा फोरम नेपालको संगठन विस्तार तिव्र

सनिउल्ला धोबी, कपिलवस्तु पुष २६संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले अधिबेशनलाई मध्यनजर गर्दै कपिलवस्तुको विभिन्न स्थानमा संगठन विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा, विहिवार कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फोरमको अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रम गरिएको छ । कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा फोरम नेपालका अगुवा नेताहरुले कार्यकर्ताहरुलाई फोरमको नितिका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्दै फोरमको सगंठन विस्तार गरेका हुन ।कृष्णनगरका फोरम नेता जगदम्बीका चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय राजनितिक सदस्य मंगल प्रसाद गुप्ता, प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादव, सहईन्चार्ज नविन सुनुवार, प्रदेश प्रवाक्ता अकरम पठान, जिल्ला सदस्य कृष्ण कुमार चौधरी, प्रदेश सचिवलाय सदस्य शिव पुजन यादव, युवा नेता शैलेश शाह, अभय सिहं लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का अध्यक्ष अशोक कुमार यादवले कुनै पनि संगठन को मेरुदण्ड युवाहरु भएकोले युवा एकता माथी जोड दिदै संगठन हरुको बिस्तारमा जोड दिए । साथै फोरमको संगठन विस्तार समेत भएको छ ।कृष्णनगरका गोपाल चण्डेलको अध्यक्षतामा १५ सदस्य युवा फोरम नेपाल संगठन विस्तार गरिएको छ । जस्को उपाध्यक्षमा आरती सिह यादव, सचिव शिवपती चौधरी, सहसचिव बरसाती यादव, कोषाध्यक्ष मिना चौधरी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा समुन्द्री लोहर, रेखा माझी, कमला प्रसाद यादव, जगनारायण गोसाई, जगमोहन बरई, फागु यादव, राम प्रसाद चौधरी, शेषराम बढई, देवीदिन यादव, निजामुदिन खान रहनु भएको छ ।संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले महाअधिबेशनलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका विजय नगरगाउँपालिकामा संगठन विस्तार कार्य सम्पन्न भएको फोरम नेपालको प्रदेश नं ५ का प्रवाक्ता अकरम पठानले जानकारी दिनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट