विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको शारदा मावि तीन दिनका लागि बन्द

सेयर गर्नुहोस

काठमाण्डाै – विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

बिहीवार पाँच र शुक्रवार दुई छात्रा एक्कासी बेहोस भएका विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो।

उनीहरुमा टाउको दुख्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने लक्षण देखिएका छन् ।

छात्रामा देखिएको समस्याबारे विद्यालयले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएको जनाएको छ । विद्यालय १४ गतेदेखि खुल्नेछ ।

 

Facebook Comments Box