५ जेष्ठ २०८१, शनिबार

कृष्णनगरमा न्यानो कम्बल वितरण

सनिउल्ला धोबी, कपिलवस्तु।
जाडो बढेपछी कपिलवस्तुको कृष्णनगर नगरपालिकाले न्यानो कम्बल वितरण गरेको छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रमका विच कृष्णनगर नगरपालिका अन्तर्गत बृद्धा बृद्धहरुलाई न्यानो कपडा कम्बल वितरण गर्नु भएको हो ।
कृष्णनगर नगरपालिकामा रहेको बृद्धा बृद्धाहरुलाइ ५ लाख बरावरको कम्बल वितरण गरिएको थियो । सोमबार न्यानो कम्बल बितरण गर्नुहुँदै कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले विपन्न परिवारहरुकालागि शितलहरबाट बच्न कम्वल वितरण गरेको बताउनु भयो ।
साथै वहाँले विपद आउँनुभन्दा अगाडी सचेत रहँनुपर्नेमा जोड दिनु भएको थियो । कम्बल वितरण कार्यक्रमा समाजसेवी तुफेल खान, वडा नं ३ का वडा अध्यक्ष शगीर खान लगायतको सहभागीतमामा न्यानो वितरण गर्नु भएको हो । सो अवसरमा कृष्णनगर नगरपालिकाका समाजसेवी भद्राभलादमी, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । वडा नं ३ अन्तरगत पर्ने चैपुरवा, लक्ष्मीनगर झण्डेनगरका सम्बन्धित बृद्धा बृद्धहरुले न्यानो कपडा बुझेको कृ्ष्णनगर नगरपालिकाका सुचना अधिकृत शाकिर खानले जानकारी दिनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट