१३ बैशाख २०८१, बिहीबार

बिप्लवको गृह जिल्लावाट शुरु भयो रयाली सहितको विरोधको कार्यक्रम

कपिलवस्तु – बिप्लवको गृह जिल्लावाट रयाली सहितको विरोधको कार्यक्रम शुरु भएकोछ । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले तौलिहवामा ¥यालीपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

जिल्लाको सदरमुकाम तौलीहवामा भएको ¥यालीमा १५० बढि नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।गत फागुन २१ गते भएको नेपाल सरकार र नेकपा बिच भएको ३ बुदे सहमतिको कार्यन्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
सो समयमा जेलमा भएका नेता तथा कार्यकर्ता छोड्ने साथै लगाइएका झुठा मुद्धा फिर्ता लिने जस्ता कुरामा सहमति गरेतापनि कार्यन्वयन नगरेकाले तत्काल कार्यन्वय गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

पार्टीका जिल्ला सचिव कमरेड कमलको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको जिल्ला सदस्य गणेश चौधरीले जानकारी दिए । साथै सहमति कार्यन्वयन नगरे चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य समेत हुने जिल्ला सचिव कमरेड कमलले बताए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट